२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा सडक सङ्केत राख्दै महानगरपालिका



काठमाडौँ
काठमाडौँ महानगरपालिकाले सडक सुरक्षाका लागि सडकमा सडक सङ्केत राख्ने भएको छ।

यसअघि राखिएका उक्त चिह्न अहिले धेरै स्थानमा सडक सङ्केतहरू मेटिएका छन्, यसरी सडकमा राखिने चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले महानगरले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्न राख्न लागेको महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिएका छन् ।

सल्लाहकार श्रेष्ठका अनुसार उक्त चिह्न राख्नका लगि आवश्यक पर्ने सम्पूर्ण सामग्री ल्याइसकेको र यही साउन महिनादेखि काम सुरू गरिने छ । उनका अनुसार विभागसँगको सहकार्यमा मुख्य राजमार्गबाहेक अन्य सबै सडकमा महानगरले नै सडक सङ्केत राख्ने तयारी पूरा भएको छ ।

योसँगै महानगरले पैदलयात्री र सवारी चालकलाई सडक प्रयोग कसरी गर्ने भन्नेबारे जनचेतनाको काम गर्ने तयारी पनि रहेको श्रेष्ठले जानकारी दिएका छन् । सडक सङ्केत भएको स्थानमा र नभएको स्थानमा सडकको प्रयोग कसरी गर्ने भन्नेबारे चालक र यात्रु धेरैलाई ज्ञान छै जसको कारण पनि सडकमा पछिल्लो समय सामान्य गल्तीले गर्दा पनि दुर्घटनाको घटना बढिरहेको यसलाई कम गर्न सडकमा नै प्रयोकर्तालाई जनचेतना दिने हो ।

यसै आर्थिक वर्षमा नै कामपाले सडकमा आवश्यक पर्ने सामग्री पनि थप्ने तयारी गरेको छ । ट्राफिक कोन, डिभाइडर, सडक टल्कने सङ्केत समेत राखेर सुरक्षालाई थप मनबुत बनाउने विश्वास महानगरको छ ।

कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ । कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

सल्लाहकार श्रेष्ठका अनुसार छनोटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने समय ९बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म० उक्त तालिमप्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्ने गरेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।