१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर सुनाकोठीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ



ललितपुर । श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर घर भइ ललितपुरको गोदावरी नगरपालिका–१३, झरूवारासीमा डेरा गरी बस्ने २० वर्षीया डोल्मा वाइवाको हत्या अभियोगमा उनका श्रीमान ३० वर्षीय मदन बहादुर स्याङतानलाई पक्राउ गरिएको हो। उनी ललितपुर महानगरपालिका–२७, सुनाकोठी बस्ने स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार, दम्पतीबीच विवाद भएको अवस्थामा मदनले डोल्मामाथि चक्कु प्रहार गरेका थिए। घटनापछि प्राप्त जानकारीका आधारमा प्रहरी वृत्त चापागाउँ र प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले उनलाई शनिबार बिहान नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।