१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वर महादेवस्थानतर्फ जाने भित्री सडकमा सडक अवरोध गरेपछि १५ हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी विभागले सडकमा निर्माण सामग्री राखी सार्वजनिक बाटो अवरोध गरेको आरोपमा एक व्यक्तिलाई जरिवाना गरेको छ ।

कोटेश्वर महादेवस्थानतर्फ जाने भित्री सडकमा निर्माण सामग्री राखी अवरोध गरेका विनोद शाहलाई महानगर प्रहरीले १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

महानगरका अनुसार सार्वजनिक सडक र पैदल मार्गमा अवरोध नगर्न पटक–पटक अनुरोध गरिँदै आएको भए पनि अटेर गर्नेहरूलाई कडाइका साथ कारबाही थालिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।