२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


माछापोखरी तरकारी बजारमा लुटपाट गर्ने समूह पक्राउ, सुनको सिक्रीसहित दुई युवक नियन्त्रणमा



काठमाडौं ।  काठमाडौंको माछापोखरीस्थित तरकारी बजारमा भएको सुनको सिक्री लुटपाट घटनामा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गत प्रहरी वृत्त बालाजुले घटनापछि तिव्र अनुसन्धान गर्दै दुई जनालाई पक्राउ गरेको हो।

मिति २०८२ साउन १० गते बिहान करिब ७:२५ बजे काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित सार्वजनिक शौचालय र पुल नजिकै रहेको तरकारी बजारमा तरकारी किनिरहेकी सामाखुसी टाउन प्लानिङ्गकी लक्ष्मी घिमिरेलाई लुटपाट गरिएको थियो। घिमिरेको अन्दाजी २ तोला २५ लाल बराबरको सुनको सिक्री (मूल्य करिब ४ लाख ३८ हजार रुपैयाँ) लुटपाट गरी लुटेरा फरार भएका थिए।

प्रहरीले प्राप्त सूचनाको आधारमा खोजतलास गर्दै गएको अनुसन्धानका क्रममा सोही दिन दिउँसो १२:३२ बजे माछापोखरीस्थित कुमारीस्थान मन्दिर नजिकैबाट लुटपाटमा संलग्न दुई युवकलाई लुटिएको समानसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–८, जरङ्ख बस्ने २१ वर्षीय कौशल बस्नेत र अर्का युवक २६ वर्षीय मिलन तामाङ छन्।

प्रहरीले बरामद गरेका सामग्रीहरूः

सुनको सिक्री १ थान

iPhone 13 Pro Max मोबाइल १ थान

Samsung मोबाइल १ थान

हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  ४ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।