काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा छलफल गरेका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग सूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा छलफल गरेका हुन् ।
प्रधानमन्त्री ओलीले हालको काठमाडौंको दशरथ रंगशाला सानो भएकाले ठूलो रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत आवश्यक पूर्वाधारको प्रबन्धका लागि परामर्श गरेका हुन् । सूर्यविनायक नगरपालिकाले वडा नम्बर ८, जगाते (पुरानो इँट्टा टायल कारखाना) स्थित दुई सय रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया छिटो अघि बढाउने प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।
उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रंगशाला बनाउने प्रधानमन्त्री ओलीको घोषणा छ । छलफलमा नगरपालिकाका प्रमुुख वासुदेव थापा, राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत सहभागी थिए ।








प्रतिक्रिया