५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा भारतीय नागरिकको हत्या, एक नेपाली पक्राउ



काठमाडौँ । काठमाडौँ महानगरपालिका–२५ न्ह्योकामा गए राति एक भारतीय नागरिकको हत्या भएको छ। हत्या भएको व्यक्ति भारतको पश्चिम बंगालका ५४ वर्षीय सुव्रता पाल रहेका छन्, जो सोही क्षेत्रमा डेरा गरी बस्दै आएका थिए।
महानगरीय प्रहरी वृत्त काठमाडौँका अनुसार, पालको गए राति करिब २ः४५ बजे टाउकोमा ह्याम्मर प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनापछि प्रहरीले तीव्र अनुसन्धान थालेको थियो।

हत्या आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिका स्थायी घर भइ हाल काठमाडौँ–२६ गल्कुपाखामा बस्दै आएका ४२ वर्षीय श्याम कालिकोटलाई पक्राउ गरेको छ। उनलाई प्रहरीले आज बुधबार नयाँ बसपार्कस्थित ऋषिकेश गेस्टहाउसको कोठा नम्बर १०४ बाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। हत्या किन र कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।