काठमाडौं । नागढुंगाबाट ठूलो परिमाणको लागूऔषध र नगदसहित दुई युवक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले उनीहरूलाई गएराति सवा १ बजे पिप्लामोडमा चेकजाँचको क्रममा पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा जिल्लाको विन्दवासिनी नगरपालिका–५ घर भएका २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा रहेका छन्।
उनीहरूको साथबाट १४ हजार ७६० क्याप्सुल ट्रामाडोल (Tramadol) नामक लागू औषध र ६० हजार रुपैयाँ नगद बरामद गरिएको छ। उनीहरूले बा.प्र.०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटर प्रयोग गरिरहेका थिए।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया