२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ट्याङ्करको ठक्करबाट कोटेश्वरमा युवकको ज्यान गयो



काठमाडौं

काठमाडौंको कोटेश्वर क्षेत्रमा ट्याङ्करको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ स्थित सडकमा बा. प्र.०१– ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा.प्र.०२ –०३३ प २५४८ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो ।

सो र्दुघटनामा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलान्चोक रोशी गाउँपालिका–३ घर भएका २५ वर्षीय नवराज तुम्सिङ मगरको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा निधन भएको थियो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  २ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।