१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सामाखुसीबाट १०९ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित सामाखुसी क्षेत्रबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा मेची नगरपालिका–१० का ३३ वर्षीय शंकर राजवंशी रहेका छन् । उनी हाल सामाखुसी टाउनप्लानिङ नजिक डेरामा बस्दै आएका थिए।

बुधबार साँझ प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर शरण विक्रम शाहको नेतृत्वमा खटिएको टोलीले राजवंशीको डेरा खानतलासी गर्दा १०९.२२ ग्राम खैरो हेरोइन बरामद गरेको हो। साथै, प्रहरीले घटनास्थलबाट ९ थान मोबाइल, ८२ हजार नेपाली रुपैयाँ र ६ हजार भारतीय रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार राजवंशीले लागुऔषध जोख्न प्रयोग गरेको डिजिटल तराजु पनि आफ्नो डेराको बेडमुनी लुकाएर राखेको अवस्थामा फेला परेको छ। हाल पक्राउ परेका राजवंशीमाथि थप अनुसन्धानको जिम्मा प्रहरी वृत्त महाराजगन्जले लिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।