२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिन्धुलीमा रुख ढल्दा दुई बालबालिकाको मृत्यु, तीन घाइते



सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई बालबालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार आज शुक्रबार दिउँसो करिब ३:३० बजे झरीका कारण ओत लाग्न बसेका बालबालिका टहरोमा रहेको बेला सालको ठूलो रुख ढलेर किचेको हो।

दुर्घटनामा परी ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन्।
गम्भीर घाइते सिर्जना र सन्ध्यालाई थप उपचारका लागि हेटौडातर्फ रिफर गरिएको छ भने सुशील थिङको उपचार पाँचपाण्डव पोलिक्लिनिक, झुरझुरेमा भइरहेको छ।

प्रहरीका अनुसार ओत लाग्ने क्रममा पहिरो र झरीका कारण सालको रुख अचानक ढलेको थियो।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।