१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकार इकुलाई पत्नीशोक



काठमाडौं । कलाकार सुलेमान शंकर ‘इकु’की पत्नी सम्झना घिमिरेको निधन भएको छ। मिर्गौला रोगबाट पीडित ४२ वर्षीया सम्झनाको साउन १० गते निधन भएको हो।

उपचारका क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएपछि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ। पारिवारिक स्रोतका अनुसार सम्झनाले विगत चार वर्षदेखि मिर्गौला सम्बन्धी रोगको उपचार गराउँदै आएकी थिइन्।

सम्झनाको अन्त्येष्टि गतसाता नै गरिने तयारी भए पनि अमेरिका रहेका छोराको प्रतिक्षामा ढिला गरी शुक्रबार परिवारजनको उपस्थितिमा दाहसंस्कार गरिएको हो। उनी र इकुका एक छोरा र एक छोरी छन्।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।