२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको ठैवमा श्रीमान्‌द्वारा श्रीमतीको हत्या



ललितपुर

ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवमा एक श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ थानकोट घर भएका ४६ वर्षीय निरोज कुमार खड्गीले ४६ वर्षीया श्रीमती सुस्मिता खड्गीको हत्या गरेका हुन्।

दुवै जना ठैवमा टहरो बनाएर बस्दै आएका थिए। आइतबार बिहान ६ बजेतिर घटनाबारे सूचना प्राप्त भएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए।

घटनापछि प्रहरीले हत्या आरोपमा निरोजलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा निरोजले घाँटी थिचेर श्रीमतीको हत्या गरेको खुलेको छ। आपसी विवादकै कारण हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

सुस्मिताको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ। घटनास्थल प्रहरी प्रभाग बाँडेगाउँबाट करिब २ किलोमिटर उत्तरमा पर्छ। घटनाबारे थप अनुसन्धान सातदोबाटो प्रहरी वृत्तले गरिरहेको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार  १२ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।