७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सिंहदरबारमा अब पाक्दैछ कोदोका परिकार



काठमाडौँ

सिंहदरबार भित्र अब कोदोका १० परिकार पाक्ने भएको छ ।

कोदोको परिकार उत्पादन र प्रवद्र्धन गर्ने उद्देश्यले सिंहदरबारमा कोदोका परिकार प्रस्तुत गरिने भएको हो ।

नेपाली रैथाने खाना प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजन लिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कार्यक्रम गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोका परिकारलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताएका छन् । सरकारले यस वर्षदेखि भदौ १६ लाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउन सुरु गरेको सन्दर्भमा कोदोका परिकारलाई प्रवद्र्धन गर्न लागिएको हो ।

वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले कोदोको उत्पादन प्रवद्र्धन र यसका परिकारको व्यवसायिकीकरण गर्ने प्रयोजनका निम्ति कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजन लिपि स्वादको सय संस्करणसम्म पुर्‍याउने योजना छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।