२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


न्यूरोड विश्वास सहकारीका सात जना पदाधिकारीविरुद्ध ठगी मुद्दा दायर



काठमाडौं । राजधानीको न्यूरोडमा अवस्थित विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताका करोडौं रुपैयाँ ठगी गरेको खुलेको छ। सहकारीका अध्यक्षसहित सातजना पदाधिकारी करीब पाँच करोड रुपैयाँ ठगी गरेर फरार भएका छन्।

काठमाडौं महानगरपालिका–१० मा रहेको उक्त सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, सदस्य अनिता थापा र रोहित खड्कासहित सम्पूर्ण सञ्चालक समिति फरार छन्। उनीहरूलाई फरार प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन बुझाएको छ।

यसअघि पनि २६ माघ २०८० मा अध्यक्ष घिमिरेसहितका पदाधिकारीहरूमाथि १ करोड ४९ लाख ९७ हजार रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो। पछिल्लो अनुसन्धानले उनीहरूबाट थप पाँच करोड रुपैयाँ बराबरको अपचलन भएको पुष्टि गरेको छ।

पाँच करोड ठगीमध्ये मात्र एक जनामाथि – सुरेशकुमार पौदारबाट १ करोड ४९ लाख रुपैयाँ ठगी गरिएको विवरण छ। बाँकी १५ जना पीडित बचतकर्ताबाट झण्डै ४ करोड ८० लाख रुपैयाँ हिनामिना भएको प्रहरीले जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मुलुकी फौजदारी संहिता २०७४ को दफा २४९ अनुसार ठगी कसुरमा मुद्दा दायर गरेको छ। उक्त दफामा सात वर्षसम्म कैद सजाय र ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

प्रहरी अनुसन्धान अनुसार, फरार सञ्चालकले ‘बिना धितो ऋण वितरण’को नाममा रकम आपसमा बाँडफाँड गरी गुमाएका हुन्। ऋण असुल नगरी रकम लिएर उनीहरू फरार भएका हुन्।

प्रकाशित मिति : २१ श्रावण २०८२, मंगलबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।