२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हनुमानढोकास्थित जीर्ण प्रहरी भवन भत्काउन मेयर बालेन र आइजिपी थापाबीच मौखिक सहमति



काठमाडौं । काठमाडौंको हनुमानढोकामा रहेको जीर्ण प्रहरी भवन भत्काउने विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापाबीच मौखिक सहमति भएको छ।

मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालयमा छलफलका लागि पुगेका आइजिपी थापा र मेयर शाहबीच उक्त सहमति जुटेको हो।

२०७२ सालको विनाशकारी भूकम्पले हनुमानढोकास्थित प्रहरी भवन चर्किएर जीर्ण भएको थियो। त्यसयता काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालय अन्यत्र सारिएको छ। अहिले उक्त भवनमा सुरक्षाको लागि केही प्रहरी मात्र बस्दै आएका छन्।

स्थानीय बासिन्दाले हनुमानढोका दरबार क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा परेकाले सो स्थानमा प्रहरीको भवन नराख्न माग गर्दै आएका थिए। भवन पुरानो र जोखिमयुक्त भएका कारण यसमा रातो स्टिकर समेत टाँसिएको छ।

हनुमानढोकास्थित सो प्रहरी कार्यालय २०१२ सालमा स्थापना गरिएको हो।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।