दक्षिण ललितपुरको वागमती गाँउपालिका ६ आश्राङ्गमा कार दुर्घटनामा परेको छ ।
आश्राङ प्रहरी चौकीका अनुसार गएको राती आश्राङमा पुर्व प्रदेस सासंद चेतनाथ सञ्जेल, स्थानीय नेताहरु पुरुषोत्तम हुमागाई, कबिन्द्र कुमार लामा ,तिलक लामा नारायण घले सडकबाट खेतमा खसेको थियो ।
दुर्घटनाका क्रममा पुर्वसासंद सञ्जेलसहित सबै सकुशल रहेका छन् । आज विहान स्थानीयबासीको सहयोगमा स्काइभेटरमार्फत सवारी सडकमा उतारेपछि सबै जना राजधानी फर्किसकेका छन् ।
दुर्घटनाग्रस्त स्थलमा सगै अर्को सवारी रहेकाले उद्दारमा सहयोग पुगेको थियो ।
सातदोबाटोबाट करिव ५० किलोमिटर दुरीमा रहेको आश्राङ दुर्घम पहाडी क्षेत्रमा रहेको छ । यहाँका सडक पुर्वाधार कमजोर रहेको छ ।








प्रतिक्रिया