२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर इमाडोलमा किशोरीको रहस्यमय मृत्यु



 

ललितपुर । ललितपुरमा एक किशोरीको रहस्यमय मृत्यु भएपछि उनको प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी घर भएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि इमाडोल बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार मृतक किशोरी र किशोर सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सामाजिक सञ्जालबाट चिनजान बढेपछि केही महिनादेखि उनीहरू प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार किशोरी बुधबार दिउँसो करिब १२ बजे पहिलोपटक प्रेमीको घरमा गएकी थिइन्। उनीहरू कोठामा बसिरहेको बेला किशोरी एक्कासी बेहोस भइन्। त्यसपछि आर्यनले आफ्ना बुबालाई खबर गरेका थिए। बुवाले तत्काल उनलाई ग्वार्कोस्थित किष्ट अस्पताल पुर्‍याएका थिए, तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

किशोरीको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि राखिएको छ। मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ। घटनास्थलबाट किशोरीले प्रेमीलाई लेखेको भनिएको ‘लभलेटर’ समेत फेला परेको प्रहरीको भनाइ छ।

मृतक किशोरी र आर्यन दुवै कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनापछि सातदोबाटो प्रहरी वृत्तबाट खटिएको टोलीले किशोरलाई पक्राउ गरी हिरासतमा राखिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, बिहिबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।