२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोकर्णेश्वरमा धारिलो हतियार प्रहार गरी फरार दुई युवा पक्राउ



काठमाडौं । काठमाडौं गोकर्णेश्वरमा धारिलो हतियार प्रहार गरी फरार भएका दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिक साउन १८ गते साँझ ५:२० बजे सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, मकवानपुरका स्थायी बासिन्दा तथा हाल गोकर्ण नाम्गेलमा बसोबास गर्दै आएका २७ वर्षीय सुरेन्द्र थोकरमाथि अपरिचित व्यक्तिहरूले आक्रमण गरेका थिए। घाइते अवस्थाका थोकरलाई तत्काल शंखरापुर अस्पताल लगिएकोमा थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको थियो।

घटनापछि फरार रहेका आक्रमणकारीहरूको खोजी गर्ने क्रममा प्रहरीले साउन २१ गते दिउँसो ३ बजे काठमाडौं महानगरपालिका–६ स्थित रामहिटीबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा भेडेटार घर भई हाल गोकर्णेश्वर–७ दक्षिणढोका बस्ने २० वर्षीय आशीष राई र मोरङ उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय संस्कार मगर रहेका छन्। उनीहरूमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, बिहिबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।