५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नाम ‘माग्नेबुढा’ काम चाही पैसा बाढ्ने !



ललितखबर
प्रर्दशन्मुख एउटा चलचित्र छ, ‘माग्नेराजा’ । चलचित्रको प्रचार सामाग्रीमा चलचित्रका पात्र केदार घिमिरे माग्ने बुढा पैसाको विटाका विटा बाढिरहेका देखिन्छन् ।

वास्तविक जीवनमा भने उनी लामो समयसम्म अभावको जीवन विताए । उनीसँग वाल्यकालमा घर जलेर खरानी बनेपछि खान समेत नपाउदा गाँउघरमा अन्न माग्न जाँदा आँखाबाट तरर आँशु चुहाएको अनुभव छ ।
उत्तरी कमवानपुरको कठीन गाँउले जीवनमा हुर्केका उनी पढ्नकै लागि अभावका बीच दक्षिण ललितपुरको भट्टेडाँडामा छात्राबासमा बसेर अध्ययन पुरा गरे । राजधानी छिरेपछि अनेकौ पेशामा गरेको संर्घष पनि सुन्न लायकको छ ।
कलाकार घिमिरे चलचित्र यात्रामा माग्नेबुढाका रुपमा परिचय बनाए । टेलिचलचित्र मेरी बास्सैको माग्नेबुढाको चरित्र आजसम्म पनि चर्चागर्न लायक छ ।

चलचित्रमा पैसाको बिटाका बिटा बाँढिरहेको चरित्रजस्तै आफू दुःखमा परेका मानिसहरुलाई पैसा बाढ्न मन पराउने स्वभावको रहेको र उनले बताएका छन् । केही समयअघि पशुपतिमा आयोजना भइरहेको महायज्ञमा उनले २५ हजार एक रुपैया दान गरे ।

उनले भर्खरैे फोक्सोको क्यान्सरसँग जुधिरहेकी ‘एमस नेपाल इन्टरनेसनल २०२३’ की विजेता सीता सुवेदीलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको समाचार समेत सार्वजनिक भएको थियो ।
उनले भने, ‘हुन त एउटा हातले दान गरेको अर्को हातलाई थाहा हुनु हुन्दैन भनिन्छ । तर यो जमानामा आफूले गरेको सत्कर्मको प्रचार पनि गर्नुपर्ने बाध्यता हुने रहेछ ।’ ठाँउ ठाँउमा ‘पैसा कमाएर समाजका लागि के योगदान गरेका छौं’ भन्ने प्रश्न उठ्ने गरेको अनुभव सुनाउदै अभिनेता घिमिरेले दान दिएको विषयमा थप चर्चा गर्न चाहेनन् ।
चलचित्रमा सधै माग्नेको चरित्रमा रमाएका कलाकार केदार घिमिरे ‘वास्तविक जीवनमा दिनदुःखीबालाई यसरी नै पैसा बाढिरहेको देखिनु खुशीको कुरा हो हैन र ?’

प्रकाशित मिति : २४ श्रावण २०८२, शुक्रबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।