२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विमानस्थलबाट ब्राजिलियन महिला कोकिनसहित पक्राउ



काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ केजी कोकिनसहित एक ब्राजिलियन महिला पक्राउ परेकी छिन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी छन्। ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले ब्राभित्र १ केजी ९५० ग्राम कोकिन लुकाएर ल्याएकी थिइन्।

उनी नेपालबाट भुटान जान लागेका बेला शंकास्पद गतिविधि देखिएपछि निगरानी बढाइएकी प्रहरीले जनाएको छ। त्यसपछि तलासीका क्रममा ब्राभित्र लुकाइएको कोकिन बरामद गरिएको हो। फरेराविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  २ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।