२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुलिखेल अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु



काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि धुलिखेल अस्पतालको भवनबाट स्वास्थ्य बिमा सेवा सुरु गरेको छ।

अघिल्लो समय भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा सुरु गर्न ढिलाइ भएको थियो। सेवा सुलभ बनाउन र रेफरल केन्द्रको काम सहज बनाउन अस्पतालकै भवनमा ‘विस्तारित स्वास्थ्य बिमा सेवा केन्द्र’ सञ्चालनमा ल्याइएको हो।

सरकारी स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिने नीतिअनुसार धुलिखेल अस्पतालमा यो सेवा प्रदान हुँदै आएको छ। साउन १ गतेदेखि यो सेवा अस्पतालमा रेफरल केन्द्रको रूपमा मात्र सञ्चालन हुँदै आएको थियो।

नगरले अस्पताल परिसरमै चिकित्सक, नर्स र औषधिसहित स्वास्थ्य बिमा सेवा प्रदान गरिँदै आएको जनाउँदै सेवा थप सुलभ हुने जनाएको छ। नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार अस्पतालसँगको साझेदारीमा जनशक्ति र पूर्वाधार अभावका बेला दुवै पक्षले सहयोग गर्दै सेवा प्रदान गरिने सहमति भएको छ।

 

 

 

 

 

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।