२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोँगबु र वनस्थलीमा दुई जनाको शव फेला



काठमाडौं

गोँगबु मित्रनगर र वनस्थलीमा दुई जना जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ गोँगबु मित्रनगरस्थित होटल नुर एण्ड रेष्टुरेन्टको तेस्रो तलाको कोठामा युवतीको शव फेला परेकी छिन् ।

सो होटलको नम्बर ३०२ मा गत साउन १९ गते देखि बस्दै आएका कास्की माछापुच्छ्रे गाउँपालिका ३ घर भएका २३ वर्षीय विपिन भुजेल सोही कोठाको बाथरूममा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौंमा अर्की महिलाको शव फेला परेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार तारकेश्‍वर नगरपालिका ४ वनस्थली ढुङ्गेधारा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ३ घर भएकी ५० वर्षीया ठुलीमाया तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुबै घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १२ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।