२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा पेस्तोलसहित युवक पक्राउ



काठमाडौं । काठमाडौं प्रहरीले शिव राज दराइ (२९) लाई Automatic पेस्तोलसहित पक्राउ गरेको छ। भद्रकाली, चमतीस्थित डेरा घरको चेकजाँच तथा खानतलासी गर्दा एक थान पेस्तोल, दुई म्याग्जिन र सात राउन्ड 7.65mm गोली बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

पक्राउ परेका दराइलाई हथियार खरखजाना मुद्दामा अनुसन्धान भइरहेको छ। उनले प्रहरी वृत्त कीर्तिपुरबाट २०७८/०६/१८ मा अभद्र मुद्दा र २०८०/०७/१९ मा लागु औषध मुद्दा समेत सामना गरिरहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपील राज बोहराका अनुसार थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु संलग्न रहेको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३१ श्रावण २०८२, शुक्रबार  ५ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।