८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन कृष्ण मन्दिरमा भक्तजनहरूको भिड



ललितपुर । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर श्रद्धा–भक्तिसहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ।

बिहानैदेखि ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा दर्शन तथा पूजा–अर्चनाका लागि भक्तजनहरूको लामो लाइन देखिएको छ। भक्तजनहरूले पूजा–आराधना गर्दै भगवान् श्रीकृष्णप्रति श्रद्धा व्यक्त गरिरहेका छन्।

विश्‍वभरका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धापूर्वक यो पर्व मनाउने परम्परा रहेको छ।

प्रकाशित मिति : ३२ श्रावण २०८२, शनिबार  ११ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।