१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोङ्गबुमा पत्नी हत्या गर्ने युवक पर्साबाट पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित गोङ्गबुको एक गेस्ट हाउसमा पत्नीको हत्या गरेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे भुम्लु घर भएका ३२ वर्षीय सन्तोष सेन्चुरी रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्सामा नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदैछ। साउन २७ गते सेन्चुरीले पत्नी ललिता विकलाई ‘घुम्न जाऊँ’ भनेर गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर हत्या गरेका थिए। उनले शवलाई बक्स पलङमुनि लुकाएर भागेका थिए। घटनापछि साउन २८ मा उनले प्रहरी वृत्त महाराजगन्जमा ‘मानिस हराएको’ भन्दै हुलिया निवेदनसमेत दिएका थिए। तर, साउन ३० गते राति प्रहरीले गेस्ट हाउसमा ललिताको शव फेला पारेपछि सेन्चुरी फरार भएका थिए।

पक्राउ परेका सेन्चुरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।