१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कुलेखानी जलाशयको सतह अन्तिम बिन्दुतर्फ



मकवानपुर । देशकै पहिलो मानव–निर्मित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा वर्षायाममै पानीको सतह न्यूनतम बिन्दुतर्फ पुगेको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार आइतबार जलाशयको सतह १,४९४ मिटरमा झरेको हो, जुन न्यूनतम सीमा १,४८४ मिटरभन्दा मात्र १० मिटरले माथि छ। गत वर्ष यसै समयमा सतह १,५१३ मिटरमा थियो।

वर्षा अभावले जलाशय नभरिँदा आगामी हिउँदमा काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिमा समस्या आउन सक्ने भट्टले चेतावनी दिएका छन्।

नेपालको एक मात्र जलाशययुक्त आयोजना रहेको कुलेखानीले ६० मेगावाटसम्म विद्युत् उत्पादन गर्न सक्ने क्षमता राख्छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  २ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।