२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेको भुम्लुवासीले ५० वर्षपछि लालपुर्जा पाउने



काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिकाको दुई वडामा पाँच दशकदेखि अट्रिएको लालपुर्जा समस्या अन्ततः समाधान हुँदैछ। विसं २०३२ देखि स्थानीय बासिन्दाहरू आफ्नो जग्गाको लालपुर्जा पाउन पर्खिरहेका थिए।

जिल्लास्थित नापी कार्यालयले भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा लालपुर्जा वितरण थाल्ने तयारी गरेको छ। हालसम्म दुई वडामा करिब ४५० वटा लालपुर्जा तयार भइसकेको छ। वडा नं ७ मा ३०० र वडा नं ८ मा ६०० लालपुर्जा अझै बनाउन बाँकी रहेको छ।

विगतमा पिपलटार गाविस फुट्दा ‘टार’ नामको जमिन भुम्लुटार र फलाँटे गाविसमा परेकोले विवाद भएको थियो। विसं २०३५ मा नापी टोली पुगे पनि विवाद बढेपछि काम रोकिएको थियो।

गाउँपालिकाले गत वर्ष मङ्सिरमा निवेदन माग्दा हालसम्म करिब १,००० भन्दा बढी निवेदन प्राप्त भएका छन्। मन्त्री बलराम अधिकारीको निर्देशन अनुसार आधारसहितका निवेदनमा छानबिन गरी यस वर्षभित्र लालपुर्जा वितरण सुरु गरिने जनाइएको छ।

यस प्रक्रियाले करिब १,००० परिवारलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।