३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा बस नै लिएर डिजल चोरी गर्ने चारजना नियन्त्रणमा



भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलमा बस लिएर डिजेल चोरी गर्ने चारजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन्। घटना राति भएको थियो।

पक्राउ परेकाहरूमा सरोज सुनार (३२, पाँचखाल–काभ्रे), अमिर लामा (३२, बागेश्वरी–चाँगुनारायण), सुमन तामाङ (२७, सूर्यबिनायक–भक्तपुर) र पूर्णिमा महर्जन (२७, थानकोट–काठमाडौं) रहेका छन्। उनीहरूबाट बा ४ ख ४२८० नम्बरको बस र करिब ४० लिटर डिजेल बरामद भएको प्रहरीले जनाएको छ।

स्थानीयले चोरी गरिरहेको देखेपछि चोरहरूलाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणको क्रममा उनीहरूमाथि केहीले कुटपिट गरेका थिए। उपचारपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

https://www.youtube.com/@lalitkhabar

बस र दोषीहरूलाई प्रहरीले प्रभाग व्यासीबाट नियन्त्रणमा लिएको थियो र पछि जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याइएको छ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।