२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रेड नोटिस जारी भएका किर्तिपुर बस्ने कल बहादुर बस्नेत युएईबाट पक्राउ



काठमाडौं । मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कीर्तिपुर–४ गाम्चा बस्ने रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ का कल बहादुर बस्नेत रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार उनी एनसिबि आबुधाबी युएईको समन्वयमा युएईबाट सोमबार नेपाल फिर्ता ल्याइएको हो। यस सम्बन्धमा उनलाई कानूनी कारवाही गर्ने/गराउने तयारी भइरहेको बताइएको छ।

उक्त मुद्दामा संलग्न रहेका कल बहादुर बस्नेतलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास र पक्राउ गर्न एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ पुस ११ गते रेड नोटिस जारी गरेको थियो।

उनलाई मानव बेचबिखन ब्यूरो मार्फत सम्बन्धित कसूर अनुसार कानूनी कारवाहीको लागि पठाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ४ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।