३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हेटौँडामा नक्कली सुन देखाएर ठगी गर्ने ४ जना पक्राउ



काठमाडौं । मकवानपुर प्रहरीले नक्कली सुन देखाएर ठगी प्रयासमा संलग्न चारजनालाई हेटौँडाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर गढीका किशोर लामा गोले, बकैया गाउँपालिकाका सूर्यबहादुर नेगी र सेतेलाल गोङवा तथा नुवाकोट किस्पाङका नाम्केल तामाङ रहेका छन्।

त्रिवेणीचोकस्थित भाडाको कोठाबाट पक्राउ गर्दा प्रहरीले ५० थान सुनजस्तो देखिने धातु फेला पारेको थियो। परीक्षणमा ४९ थान नक्कली र १ थान मात्र सक्कली (१० ग्राम, मूल्य झण्डै १.६७ लाख) रहेको पुष्टि भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए।

चारजनामाथि ठगी उद्योग कसुरमा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।