३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर टुटेपानीमा साघुरो मोडमै जेब्रा क्रसिङ, ‘बजेट पचाउने बाटो’ भन्दै व्यंग्य



ललितपुर । ललितपुर जिल्लाको टुटेपानी क्षेत्रमा साघुरो टर्निङ (मोड) को बीचमै जेब्रा क्रसिङ बनाइएको विषय सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
सामाजिक अभियन्ता आशिका तामाङले उक्त दृश्यको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यसलाई ‘बजेट पचाउने बाटो’ भन्दै व्यंग्य गरेकी छन्। उनको भनाइमा, मोडमै जेब्रा क्रसिङ निर्माण गर्नु यातायात सुरक्षाको दृष्टिकोणले अनौपचारिक मात्र नभइ खतरनाक पनि हो ।

सडक प्रयोगकर्ताहरूले समेत सो स्थानमा जेब्रा क्रसिङ राखिएको तरिकाले पैदल यात्रीलाई सजिलोभन्दा बढी जोखिम बढाउने टिप्पणी गरेका छन् । उनीहरूले सम्बन्धित निकायलाई व्यावहारिक र सुरक्षित ढंगले सडक पूर्वाधार बनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  १२ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।