६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पूर्ण छात्रवृत्ति नाम निकालिदिने भन्दै ठगी गर्ने युवक पक्राउ



काठमाडौं । सानो भर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्ति नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ सानो भर्‍याङ बस्ने २७ वर्षीय सञ्जिव राई रहेका छन्। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ घर भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

राईले हेल्थ असिस्टेन्ट विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालिदिने भन्दै एक व्यक्तिबाट १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।