ललितपुर । दक्षिण कोरिया पठाइदिने भन्दै १ करोड ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–१ घर भएका ३८ वर्षीय साहारा सुव्वा थेवे रहेका छन् । काठमाडौँको नक्सालमा बस्दै आएका थेवेलाई ललितपुरको हरिसिद्धिबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
प्रहरी अनुसन्धान अनुसार उनले ९ जना पीडितबाट करिब १ करोड रुपैयाँ ठगेको खुल्न आएको छ ।








प्रतिक्रिया