१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वर अन्डरपास २०९० भदौ १५ भित्र सम्पन्न हुने



काठमाडौं । काठमाडौंको कोटेश्वर अन्डरपास परियोजना २०९० साल भदौ १५ भित्र सम्पन्न हुने भएको छ। करिब ३० अर्ब रुपैयाँको लागतमा जापानी ऋण सहयोगमा बन्ने यस परियोजनाका लागि आगामी सेप्टेम्बरमा ऋण सम्झौता गरिने तयारी भएको छ।

सडक विभागका अनुसार, आगामी वर्ष चैतसम्ममा डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) र ईआईए (पर्यावरणीय मूल्याङ्कन) सम्पन्न गरिनेछ। ठेक्का सम्झौता २०२८ अप्रिलमा भई, निर्माण कार्य ५२ महिनामा सकिने लक्ष्य राखिएको छ।

यो परियोजनाअन्तर्गत त्रिभुवन विमानस्थल क्षेत्रभित्र सुरुङसहित तीनकुनेदेखि मनोहरा क्षेत्रसम्म फ्लाइओभर निर्माण गरिनेछ। हाल जाइकाले प्रारम्भिक सर्वेक्षण गरिसकेको सडक विभागले जानकारी दिएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।