५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तारकेश्वरमा माइक्रो बस खोलामा खस्यो



काठमाडौँ । काठमाडौँ तारकेश्वर नगरपालिका–७ साङ्ला खोलामा आज बिहान एक माइक्रोबस दुर्घटना भएको छ। बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको सो माइक्रोबस खोलामा खसेको हो।

काठमाडौँ–नुवाकोट सडकखण्डमा गुड्ने उक्त सवारी चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा दुर्घटनामा परेको चालकले बताएका छन्। गाडीमा चालकबाहेक अन्य कोही यात्रु नभएकाले मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। चालक पनि सकुशल रहेका छन्।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ११ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।