२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगर कार्यालय बाहिर नाराबाजीसहित कवाड व्यवसायीको धर्ना



काठमाडौं । काठमाडौंमा कवाड व्यवसायी, संकलक र मजदुरहरूले सोमबार कमलादीस्थित काठमाडौं महानगर कार्यालय बाहिर नाराबाजीसहित धर्ना दिएका छन्। उनीहरूले संविधानले दिएको व्यवसाय गर्ने अधिकारको सुनिश्चितता, कुटपिट र अपहरण रोक्ने, प्रहरीको ज्यादतीको कानुनी कारबाही, जिउ–धनको सुरक्षा र विगत दुई वर्षमा भएको क्षतिको क्षतिपूर्तिको माग गरेका छन्।

कवाड व्यवसायीहरूको पाँचबुँदे मागअनुसार, काठमाडौं महानगरबाट भइरहेको ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोकिनुपर्ने र सम्बन्धित प्रहरीमाथि कानुनी कारबाही हुनुपर्ने उल्लेख गरिएको छ। उनीहरूले सरकारले तुरुन्त हस्तक्षेप गरी व्यवसायीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।