२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा करिब १ करोड नगदसहित एक जना पक्राउ



काठमाडौं । ललितपुरबाट ठूलो मात्रामा नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब १ करोड बराबरको रकमसहित सोमबार साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरी महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङका अनुसार करिब ९०/९१ लाख भन्दा बढी रकम रहेको भन्ने सूचनाका आधारमा सो व्यक्ति नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्ने व्यक्ति गौरव स्याङ्तान रहेका छन् । तर उनको थप परिचय खुलाइएको छैन । अहिले प्रहरीले बरामद रकमको यकिन गन्ने काम भइरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।