काठमाडौं । ललितपुरबाट साढे ९१ लाख रकमसहित पक्राउ परेका सिन्धुलीका गौरव स्याङ्तानलाई ६ दिन म्याद थप गरिएको छ । सोमबार साँझ पक्राउ परेका उनीविरुद्ध मंगलबार जिल्ला अदालत, ललितपुरले ६ दिन म्याद थपको अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ । उनीविरुद्ध अनलाइन सट्टेबाजी र लागूऔषधको कसुरमा म्याद थप गरिएको हो ।
उनीबाट करिब ९१ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । त्यस्तै, पैसा गन्ने मिसिन, ११ थान मोबाइल, आइप्याडसमेत बरामद भएको छ ।साथै, डेढ किलो गाजा पनि बरामद भएको थियो । प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।








प्रतिक्रिया