११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं ल्याइयो इन्द्रजात्रा लिङ्गो



काठमाडौं । यस वर्षको इन्द्रजात्रा अर्थात् यँयाः का लागि लिङ्गो (‘यःसिं) काठमाडौं ल्याइएको छ। मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन)सहितको टोली वन प्रस्थान गरी यःसिं काठमाडौंको भोटाहिटी ल्याइएको हो।

पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार सोमबार राति ९ः०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरी नालाबाट गुठीयारहरुले तानेर ल्याएका हुन्।

यसरी भोटाहिटीमा ल्याइएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि)को दिन बिहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराएको छ।

भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिरअगाडि भदौ १९ गते बिहीबार बिहान १०ः३१ को शुभ साइतका उठाइ इन्द्रध्वजोत्थान गरिने छ।

यःसिं उठाएपछि काठमाडौंको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिक रुपमा सुरु भएको मानिन्छ।

 

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।