२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु



ललितपुर

गोदावरी नगरपालिका–१ दमाइटारस्थित सडकमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, बागमती प्रदेश ०२–०२२ प ०२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका दीपक विष्टको मृत्यु भएको हो।

गोदावरी नगरपालिका–२ बस्ने ३८ वर्षीय विष्टको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय ललितपुरले जानकारी दिएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।