भक्तपुर
सुर्यबिनायक नगरपालिका ८ आशापुरीस्थित नैचाल खोलाले बगाएर सोही ठाउँ बस्ने मानबहादुर तामाङको छोरी ९ वर्षीया रसमु तामाङको बिहीबार निधन भएको छ ।
खोला तर्ने क्रममा बगाएर बेपत्ता भएकी उनलाई बगाएर काभ्रे पनौती नगरपालिका–८ र १२ को सिमाना पर्ने देबर खोला किनारमा पु¥याएको हो । उनको सोही स्थानमा शव फेला परेको छ ।
उनलाई खोलाले बगाएको सूचनापछि प्रहरी वृत्त जगाती समेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी सुरु गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया