काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गरेको रात्रिभोजको अवसरमा दुई नेताबीच भेट भएको हो ।
शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन पुगेका दुई नेताबीच संक्षिप्त भेट भएको हो । भेटको तस्वीर भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा शेयर गरेका छन् । क्याप्सनमा मोदीले लेखेका छन् ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजीसँग भेट्न पाउँदा खुसी लागेको छ । नेपाल–भारतको सम्बन्ध गहिरो र विशेष छ ।’








प्रतिक्रिया