१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


डल्लु पुलमुनि फोहोर फाल्ने रिक्सा नियन्त्रणमा, जरिवाना



काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लु पुल मुनिको खोलामा रिक्सामार्फत फोहोर फाल्ने प्रयास गर्ने एक व्यक्तिलाई महानगर प्रहरीले नियन्त्रणमा लिई जरिवाना गरेको छ।

महानगर प्रहरीको टोलीले सोमबार बिहान नियमित अनुगमनका क्रममा सो घटना पत्ता लगाएको हो। सार्वजनिक स्थान र खोला–नालामा फोहोर फाल्ने गतिविधि रोक्न महानगरले विशेष अभियान सञ्चालन गरिरहेको छ।

नियन्त्रणमा परेका व्यक्तिलाई फोहोरमैला व्यवस्थापनसम्बन्धी नियम अनुसार तत्कालै जरिवाना गरिएको महानगर प्रहरीले जनाएको छ। महानगरले यस किसिमको कार्यलाई वातावरण प्रदूषण र सार्वजनिक स्वास्थ्यमा खतरा पुर्‍याउने भन्दै कडा कारबाही गर्ने चेतावनी दिएको छ।

यसअघि पनि खोला, नदी तथा सडक छेउमा अवैधानिक रूपमा फोहोर फाल्नेविरुद्ध महानगरले निगरानी बढाउँदै आएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।