२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट गोरखा जाँदै गरेको रात्रिबस टारीफाँटमा दुर्घटना



काठमाडौं । काठमाडौंबाट आरुघाट-सोतीतर्फ गइरहेको यात्रुबाहक रात्रिबस गोरखामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा ०१–००६ ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।