२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

बुधबार हेटौंडामा बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै उनले सवारी दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनमा सबै निकायले समन्वयात्मक तरिकाले काम गर्नुपर्नेमा जोड दिए।

बैठकमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले उपत्यकाको वर्तमान ट्राफिक अवस्था र चुनौतीबारे प्रस्तुति दिएका थिए।

बैठकले गरेको प्रमुख निर्णयहरू

योजना निर्माण : आन्तरिक मामिला तथा कानून मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने।

उपकरण उपलब्ध : व्यस्त सडकमा खटिने ट्राफिक प्रहरीलाई आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराउने।

रूट पर्मिट प्रणाली : सार्वजनिक सवारीका मार्ग इजाजत पत्र (रूट पर्मिट)लाई व्यवस्थित गर्दै विद्युतीय प्रणालीमार्फत जारी गर्ने।

चालक प्रशिक्षण : सवारी चालक अनुमति पत्र जारी गर्नु अघि–पछि चालकलाई ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने।

ट्राफिक लाइट : आवश्यकता अनुसार नयाँ ट्राफिक लाइट जडान गर्ने र स्थानीय तहसँग समन्वय गरी सञ्चालन र नियन्त्रण ट्राफिक प्रहरीले गर्ने।

जनचेतना कार्यक्रम : सुरक्षित सवारी सञ्चालन र ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।

यसैगरी, श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्थापनमा देखिएका समस्या र समाधानका उपायबारे छलफल गर्न यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।