२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


श्रेष्ठको घरबाट बरामद रकम ४ करोड बढी, सुनका गहना झण्डै १० किलो



काठमाडौं । काठमाडौँको गोङ्गबुस्थित एक घरबाट प्रहरीले ४ करोड २५ लाख ५० हजार रुपैयाँसहित सुन र चाँदीका गहना बरामद गरेको छ। काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार मंगलबार रातिसम्म गणना गर्दा उक्त रकम बरामद भएको पुष्टि भएको हो।

गोरखा नगरपालिका–६ बसपार्क स्थायी घर भई हाल गोङ्गबु–२६ मा बस्दै आएका ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरमा उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले छापा मारेको थियो।

श्रेष्ठको घरको बैठक कोठामा लुकाएर राखिएको नगदसँगै ९ किलो ३९ ग्राम सुनका गहना र ३ किलो २१ ग्राम चाँदीका गहना समेत प्रहरीले फेला पारेको छ। प्रारम्भिक अनुसन्धानमा श्रेष्ठले यी गहना धितोमा राखेर मिटरब्याजमा रकम लगानी गरेको खुलेको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। उनलाई थप अनुसन्धानका लागि आज (बुधबार) अदालतमा उपस्थित गराई म्याद थप्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ४ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।