२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सामाजिक सञ्जाल सूचीकरण गर्न दिइएको ७ दिनको अल्टिमेटम सकियो



काठमाडौं । सरकारले सामाजिक सञ्जाल सूचीकरण गर्न दिएको सात दिनको समयावधि सकिएको छ । गत बुधबार सरकारले सामाजिक सञ्जाललाई सूचीकरण गर्न ७ दिनको अल्टिमेटम दिएको थियो । त्यो अवधि बुधबार कार्यालय समय ५ बजेसम्म सामाजिक सञ्जाल सूचीकरण गर्न कोही पनि सम्पर्कमा नआएको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएको छ ।

बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल सञ्चालक संस्थाबाट सूचीकरणका लागि निवेदन प्राप्त नभएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए ।

मन्त्रिपरिषद्को निर्णयबाट नै सात दिन भित्र सूचीकरण गर्न नआए नेपालमा सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारले चेतावनी दिएको थियो ।

 

 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।