२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम दाबी: गोदावरीका दुईसहित ६ जना पक्राउ



काठमाडौं। झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम दाबी गर्ने गिरोहमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न समयमा सरकारी कार्यालयको नक्कली कागजात र छाप प्रयोग गरी नक्कली घाइते देखाइ बि.एण्ड बि. अस्पतालमा उपचार गराएको झुटो विवरण बनाएर नेपाल माइक्रो इन्सुरेन्स कम्पनीबाट रकम दाबी गरेका थिए। यसरी नक्कली दुर्घटना र उपचार देखाई कम्पनीका कर्मचारीसँग मिलेमतोमा बिमा रकम भुक्तान गर्ने कार्यमा संलग्न पाँच जनालाई मिति २०८२ भदौ १७ गते साँझ पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेकाहरूमाथि लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

पक्राउ परेका व्यक्तिहरू
१. सुनिल महर्जन, ३६, ललितपुर, गोदावरी–१४
२. विकेश कुँवर, ३३, ललितपुर, गोदावरी–१४
३. बिनोद डंगोल, ५१, काठमाडौं महानगरपालिका–१४
४. सुनिल सापकोटा, ३९, सर्लाही, हाल काठमाडौं महानगरपालिका–३१
५. हरि प्रसाद गौतम, ४८, काभ्रे, हाल काँडाघारी
६. मनोज कुमार आचार्य, ४५, बारा, हाल कागेश्वरी मनोहरा–७

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  १२ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।