ललितपुर । ललितपुर हरिसिद्धि सडकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ।
हरिसिद्धि सडकको उकालोमा गाडीले बालकलाई ठक्कर दिएको हो।
घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ। प्रहरीले प्रारम्भिक जानकारी दिंदै बालकको अवस्था सामान्य रहेको जनाएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका छन्। सडक अवरुद्ध हुँदा गोदावरीतर्फ जाने मुख्य बाटो जाम भएको छ। सो बाटो एमालेको दोस्रो विधान महाधिवेशन स्थल पुग्ने प्रमुख मार्गसमेत हो।
सडक जामले सनराइज हल, गोदावरीमा जारी एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी हुन जाने प्रतिनिधिहरू र सर्वसाधारण यात्रु समेत समस्यामा परेका छन्।
प्रहरीले बालकको स्वास्थ्य सामान्य रहेकाले स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको र स्थानीयलाई सडक खुलाउन आग्रह गरिएको जनाएको छ।








प्रतिक्रिया