काठमाडौँ । काठमाडौँको बौद्धमा जित मोक्तानलाई खुकुरी प्रहार गर्ने घटनामा संलग्न मुख्य नाइकेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत साउन १२ गते राति ९:५५ बजे काभ्रेको रोशी गाउँपालिका–१० घर भई नयाँ बस्ती बस्ने २९ वर्षीय जित मोक्तानमाथि मोटरसाइकलमा हिँडिरहेका बेला खुकुरी प्रहार गरिएको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, घटनाका मुख्य नाइके २५ वर्षीय लोप्साङ लामा तामाङलाई पक्राउ गरिएको हो। सिन्धुपाल्चोक मेलम्ची–४ घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने लोप्साङलाई पक्राउ गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।
खुकुरी प्रहार भएको भोलिपल्ट मोक्तान पक्षका मानिसहरूले लोप्साङकै नजिकका आफन्त अशोक तामाङ (५३), मेलम्ची–४ घर भई गोकर्णेश्वर–५ बस्ने, माथि आक्रमण गरेका थिए।








प्रतिक्रिया