३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बौद्धमा खुकुरी प्रहार प्रकरणका मुख्य नाइकेसहित ३ जना पक्राउ



काठमाडौँ । काठमाडौँको बौद्धमा जित मोक्तानलाई खुकुरी प्रहार गर्ने घटनामा संलग्न मुख्य नाइकेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत साउन १२ गते राति ९:५५ बजे काभ्रेको रोशी गाउँपालिका–१० घर भई नयाँ बस्ती बस्ने २९ वर्षीय जित मोक्तानमाथि मोटरसाइकलमा हिँडिरहेका बेला खुकुरी प्रहार गरिएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, घटनाका मुख्य नाइके २५ वर्षीय लोप्साङ लामा तामाङलाई पक्राउ गरिएको हो। सिन्धुपाल्चोक मेलम्ची–४ घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने लोप्साङलाई पक्राउ गरी काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार भएको भोलिपल्ट मोक्तान पक्षका मानिसहरूले लोप्साङकै नजिकका आफन्त अशोक तामाङ (५३), मेलम्ची–४ घर भई गोकर्णेश्वर–५ बस्ने, माथि आक्रमण गरेका थिए।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।